२०८० चैत ०४ आइतबार
काठमाडौँ- वडा कार्यालयले वार्षिक परीक्षाका लागि ६ वटा विधालयहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ।बझाङको बुंगल नगरपालिका वडा नम्बर ०९ ले आफ्नो वडा भित्रका ६ वटा विधालयका विधार्थीहरुलाई वार्षिक परीक्षाका लागि शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो।
नगरपालिकाको वार्षिक कार्यतालिका अनुसार सोमबारदेखि संचालन हुने वार्षिक परीक्षाका लागि वडा
अध्यक्ष हरिश सिहले विधार्थीहरुलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन्। विद्यालयहरुको शैक्षिक स्तरमा
सुधार सहित परीक्षा प्रणालीमा एकरूपता ल्यायको वडा अध्यक्ष हरिश सिहले बताएका छन् ।
उक्त सामाग्री केदार माध्यामिक विधालय देउलीकोट,शारदा माध्यामिक विधालय सैनाडी, राम आधारभूत विधालय रारु, धुलपुर् आधारभूत विधालय रुजकोट, जनजागृी प्रा. वि देउलीकोट र जनचेतना प्रा. वि भिडेगैराका ६ सय जना विधार्थीहरुलाई मूल कपी,थप कपी र कलम हस्तान्तरण गरेको अध्यक्ष सिहले बताए। प्रत्येक विधालयका शिक्षक, शिक्षिकाहरुलाई पनि कलम र डायरी हस्तान्तरण गरेका छन्।
उनले भने, परीक्षा भरि आवश्यक सम्पूर्ण सामाग्री वडा
कार्यालय बाटै उपलब्ध गरेका छौ, र परीक्षामा लाग्ने शुल्क
पनि अबदेखि वडा कार्यालय बाटै तिर्ने निर्णय गरेका हौ,। अध्यक्ष सिहले शैक्षिक विकासमा सदैव आफू तयार रहेको बताएका छन।
वडा भित्रका विद्यालयको सेवा
क्षेत्र फराकिलो भएको अवस्थालाई मध्यनजर गर्दै विद्यालयलाई सुविधा सम्पन्न बनाउनमा
निरन्तरता दिने र आफु वडा अध्यक्ष भएका कारण पनि जति सक्दो विद्यालयको शैक्षिक सुधारका कामहरु
पुरा गर्न तल्लीन
रहने बताए ।
अध्यक्ष सिहले आगामी दिनहरुमा वडा नम्बर ०९ ले शैक्षिक
सुधारमा गर्नुपर्ने कामलाई सँग संगै लैजाने बताएका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation