काठमाडौं- कागेश्वरी मनोहरा नगरपालिका-७ ले कलघट्टा पोखरी-मुक्तिनाथ मार्ग निर्माण सुरु गर्ने भएको छ। आर्थीक वर्ष ०७९/८० को वार्षिक कार्यक्रम अन्तर्गत उक्त मार्ग निर्माण गर्न लागिएको वडाध्यक्ष भिमसेन थापाले जानकारी दिए।
मार्ग निर्माणका लागि सो क्षेत्र वरपरको जग्गा नापजाँच सहित बाटो सिमाङ्कन गर्नुपर्ने भएकाले सम्बन्धित जग्गाधनि,समाजसेवी,राजनितिक दलसहित सम्पुर्ण सरोकारवालालाई उपस्थित भइदिन अनुरोध गरिएको छ।

© Lok Kalam . Designed and Developed by Goldenmud Creation